एसजी ग्रुपको एकै छानामूनि अब मोटरहेड र टारो ब्राण्डका बाइक तथा स्कुटर « Arthapath.com
१७ भाद्र २०७९, शुक्रबार

एसजी ग्रुपको एकै छानामूनि अब मोटरहेड र टारो ब्राण्डका बाइक तथा स्कुटर



काठमाडौं । एसजी ग्रुप अन्तर्गत नेपालमा बिक्री भइरहेको मोटरहेड र टारो ब्राण्डका बाइक तथा स्कुटर अब ग्राहकहरुले उक्त कम्पनीको हाल रहेको विभिन्न शोरुमबाट एकै छाना मूनि सहज तरिकाले खरीद गर्न सक्ने भएका छन् ।

डर्ट, स्क्रयाम्वलर, क्रसओभर, स्पोर्ट तथा स्कुटर गरी अब कम्पनीले ५ सेग्मेन्टका दुई पाङ्ग्रे साधन एकै साथ उपलब्ध गराउँदा ग्राहकहरुले सजिलो महसुस गर्ने र खरीद गर्ने निर्णयमा पुग्न सजिलो हुने विश्वासको साथ कम्पनीले यो नीति अघि सारेको हो ।

यसका साथै बिक्री पछिको सेवा पनि हाल कायम रहेको सर्भिस सेन्टरलाई अफग्रेड गरी सञ्चालनमा ल्याउने भएकोले पनि ग्राहकहरुलाई पार्ट्स तथा सर्भिसिङ र मेन्टीनेन्समा सहज हुने कम्पनीले जनाएको छ ।

काठमाडौंको नक्साल, बालाजु, मित्रपार्क, टेकु, ललितपुरको धोबिघाट तथा भक्तपुरको सल्लाघारी स्थित शोरुमहरुमा गई ग्राहकहरुले उक्त दुवै ब्राण्डको अवलोकन तथा टेष्ट राइड गरी खरीद गर्न सक्नेछन् ।

साथै कम्पनीले ग्राहकमुखी वातावरण कायम राखी उक्त उद्देश्यलाई साकार बनाउन आफ्ना शोरुमहरुमा यही भाद« १९ गतेबाट उपत्यका व्यापी शोरुम टेष्ट राइड कार्यक्रमको शुरुवात गर्दैछ ।

उक्त कार्यक्रममा ग्राहकले टेष्ट राइड गरी उपहार जित्नुको साथै विभिन्न गेममा सहभागी भई थप उत्साहित माहोलमा अन्य उपहार पनि जित्न सक्नेछन् । टेक्केन आर २५०, स्क्रयाम्वलर २५०, एमएच १५० मोटरहेडका चलेका मोडलहरुमध्ये एक हुन् ।

गत कार्तिकमा नेपाल भित्रिएको जीपी१ २५०, जीपि२ २००, इमोला १५० टारो ब्राण्डका वढी मन पराइएका मोडलहरु हुन् ।

कम्पनीको दशैं तिहार अफर पनि छिट्टै प्रकाशित गरिने र यस पालिको अफर पनि सदा झैं ग्राहकमुखी रहने जानकारी कम्पनीले दिएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्