लाभांश पारितका लागि ७ बैंकसहित एक दर्जन कम्पनीले बोलाए साधारण सभा, कुनको बोनस कति ? « Arthapath.com
१५ मंसिर २०७९, बिहीबार

लाभांश पारितका लागि ७ बैंकसहित एक दर्जन कम्पनीले बोलाए साधारण सभा, कुनको बोनस कति ?



काठमाडौं । लाभांश पारित गर्नका लागि करिब कम्पनीहरुले साधारण सभा बोलाएका छन् ।

अघिल्लो तथा गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा १० वटा कम्पनीहरुले पारित गर्न साधारण डाकेका हुन । साधारण सभा बोलाएका अधिंकाश कम्पनीहरुले बुक क्लोजका लागि मिति पनि तय गरिसकेका छन् ।

हालसम्म ७ वटा बैंक, २ हाइड्रोपावर कम्पनी र अन्य कम्पनीहरुले साधारण सभा बोलाएका हुन् । साधारण सभाका लागि ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाण्डू, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा, स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट र सानिमा बैंकले साधारण सभा बोलाएका हुन् ।

यस्तै, लाभांश पारित लगायतका एजेण्डासहित नेशनल लाइफ, युनिलिभर नेपाल, युनाइटेड इदी मर्दी एण्ड आर बी हाईड्रो, सोल्टी होटेल, माउनटेन इनर्जी नेपालले छुट्टा छुट्टै मिति र स्थानमा सभा आयोजना गरेका हुन् ।

कुनको कम्पनीको साधारण सभा कहिले र लाभांश कति ?

शनल लाइफ
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आउँदो मंसिर १८ गते साधारण सभा बोलाएको छ । सभामा कम्पनीले प्रस्ताव गरेको अघिल्लो आव २०७७/७८ को लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।

कम्पनीले सो आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको साधारण सभाले सो लाभांश प्रस्ताव पारित गर्नेछ र वितरणयोग्य बनाउनेछ । सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले गत मंसिर ८ गते नै बुक क्लोज गरिसकेको छ ।

युनिलिभर नेपाल

युनिलिभर नेपालको आउँदो मंसिर २० गते साधारण सभा डाकेको छ । कम्पनीले लाभांश वितरण प्रस्ताव पारितको मुख्य एजेण्डासहित सो दिन सभा बोलाएको हो ।

कम्पनीले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १२१५ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । सो प्रस्ताव कम्पनीको सभामा पेश हुनेछ । सभामा सो प्रस्ताव पारित भएपछि लगानीकर्तालाई वितरण हुनेछ । सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर ४ गतेदेखि सभा हुने दिनसम्मका लागि बुक क्लोज गरेको छ । त्यसका आधारमा मंसिर ३ गतेसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन र लाभांश पाउनेछन् ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले पनि मंसिर २३ गतेका लागि सभा बोलाएको छ । बैंकको सभा लाभांश पारित र मर्जर प्रस्ताव पारित गर्ने छ।

बैकले गत आवको मुनाफबाट आफ्ना सेयरधनीलाई १३.६० प्रतिशत लाभांश पारित गर्नेछ । बैंकले ३ प्रतिशत बोनस र १०.६० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । प्रस्तावित लार्भाश पारित गरेपछि लगानीकर्ताले पाउनेछन् । बैंकको सोही सभाले बैंक अफ काठमाण्डूसँग गाभ्ने/गाभिने प्रस्ताव पारित गरिने छ । त्यसका लागि बैंकले असार २ गते नै बुक क्लोज गरिसकेको छ ।

बैंक अफ काठमाण्डू

बैंक अफ काठमाण्डूले पनि मंसिर २३ गते साधारण सभा गर्ने भएको छ । बैंकले सभामा लाभाश पारितको प्रस्ताव पेश गर्दैछ ।

बैकले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सो प्रस्ताव सभामा पारित हुने र लगानीकर्तालाई वितरण गर्नेछ । बैंकको सोही सभाले ग्लोबल आइएमई बैंकसंग गाभ्ने/गाभिने प्रस्ताव पनि पारित गर्नेछ । सभा प्रयोजनका लािग बैंकले असार २ गते बुक क्लोज गरेको छ ।

स्टयान्डर्ड चार्टर्ड बैंक

स्टयान्डर्ड चार्टर्ड बैंकले मंसिर २५ गतेका लागि सभा बोलाएको छ । सभामा आर्थिक वर्ष २०७८÷०७९ को नाफाबाट १६.५१ प्रतिशत लाभांश दिने प्रस्ताव लैजाने छ । उक्त प्रस्ताव पारित गरेपछि लगानीकर्ताले पाउनेछन् । त्यसका लागि मंसिर ७ गते बुक क्लोज गरिसकेको छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले मंसिर २६ गतेका लागि सभा बोलाएको छ । सभाले आर्थिक वर्ष २०७८÷०७९ को नाफाबाट बैंकले दिने भने १३ प्रतिशत बोनस र ७.६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारिन गर्ने छ । उक्त प्रस्ताव पारित गरेपछि लगानीकर्ताले पाउनेछन् । सभाका लागि भन्दै बैंकले मंसिर १३ गते बुक क्लोज गरिसकेको छ ।

युनाइटेड इदी मर्दी एण्ड आर बी हाईड्रो

युनाइटेड इदी मर्दी एण्ड आर बी हाईड्रोले मंसिर २८ गतेका लागि सभा बोलाएको छ । सभाले आर्थिक वर्ष २०७८÷०७९ को नाफाबाट १०.५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने छ। उक्त प्रस्ताव पारित गरेपछि लगानीकर्ताले पाउनेछन् । सभाका लागि मंसिर १६ गते बुक क्लोज हुनेछ ।

सानिमा बैंक

सानिमा बैंकले पुस ३ गतेका लागि सभा बोलाएको छ । सभामा आर्थिक वर्ष २०७८÷०७९ को नाफाबाट १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव लैजाने छ । यो प्रस्ताव पारित भएपछि लगानीकर्ताले पाउनेछन् । सभाका लागि मंसिर १५ गते बुक क्लोज हुनेछ ।

नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकले आउँदो पुस ७ गते साधारण सभा गर्ने भएको छ । सभामा लाभांश पारित र मर्जर प्रस्तावलाई पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।

बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सोही सभाले मेगा बैंकसंगको मर्जर प्रस्ताव समेत स्वीकृति दिनेछ । साधारण सभा प्रयोजनका लागि मंसिर २१ गतेदेखि बुक क्लोज गर्ने भएको छ । बुक क्लोज साधारण सभा हुने दिनसम्म गर्ने भएको हो ।

मेगा बैंक नेपाल

मेगा बैंक नेपालले भने पुसर ७ गते साधारण सभा बोलाएको छ । बैंकको मंसिर १४ गतेको सञ्चालक समितिको बैठकले राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । बैंकले सभामा गत आवको मुनाफबाट प्रस्ताव गरेको ७.७९ प्रतिशत लाभांशलाई वितरण योग्य बनाउनेछ । गत आवको मुनाफबाट बैंकले आफ्ना सेयरधनीहरुलाई ४ प्रतिशत बोनस र कर प्रयोजनका लागि ३.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर २३ गते बुक क्लोज गर्ने भएको छ ।

माउन्टेन इनर्जी नेपाल

माउन्टेन इनर्जी नेपालले पुस ८ गतेका लागि सभा बोलाएको छ । सभामा आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव लैजाने छ । उक्त प्रस्ताव सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् । सभाका लागि मंसिर २७ गते बुक क्लोज गर्ने भएको छ ।

सोल्टी होटल

सोल्टी होटलले पुस २८ गतेका लागि सभा बोलाएको छ । सभामा आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ५ प्रतिशत बोनस र २१.३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव लैजाने भएको छ । उक्त प्रस्ताव पारित भएपछि लगानीकर्ताले लाभांश पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्