सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, प्रतितोला कति पुग्यो ? « Arthapath.com
१९ माघ २०७९, बिहीबार

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, प्रतितोला कति पुग्यो ?



काठमाडौँ । सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ । बिहीबार सुनको भाउ प्रतितोला १ हजार २ सय रुपैयाँ वृद्धि भएको हो ।

सो दिन नेपाली बजारमा छापावाला सुनको भाउ १ लाख ७ हजार ५ सय रुपैयाँ कायम भएको छ । यो नै हालसम्मको उच्च हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुनको १ लाख ६ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

बिहीबारका लागि तेजावी सुनको मूल्य भने १ लाख ७ हजार रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ । महासंघका अनुसार बुधवार तेजावी सुन १ लाख ५ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै, साताको पाँचौं कारोबार दिन चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले वृद्धि भई १ हजार ३९५ रुपैयाँ कायम भएको छ । चाँदी अघिल्लो दिन भने १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्