चुनावअघिकै गठबन्धन ब्युँतियोः राष्ट्रपति कांग्रेसले लिने सहमति « Arthapath.com
१२ फाल्गुन २०७९, शुक्रबार

चुनावअघिकै गठबन्धन ब्युँतियोः राष्ट्रपति कांग्रेसले लिने सहमति



काठमाडौं । अहिले साँझ बालुवाटारमा बसिरहेको चार दलको बैठकले राष्ट्रपति नेपाली कांग्रेसलाई दिने सहमति भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरुको बैठकमा राष्ट्रपतिबारे सहमति जुटेको हो ।

‘राष्ट्रपति कांग्रेसले लिने सहमति भएको छ,’ स्रोतले भन्यो । बिहान बसेको बैठकमा कांग्रेससँगै एकीकृत समाजवादीले पनि राष्ट्रपतिमा दाबी गरेको थियो । तर, समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एक कार्यकाल प्रधानमन्त्री माधव नेपाललाई बनाउन सकिने प्रस्ताव काँग्रसले नै गरेको थियो ।

उता उपराष्ट्रपतिमा भने जनता समाजवादी पार्टी (जसपा) लाई दिने लगभग सहमति भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्