भोलि सार्वजनिक बिदा « Arthapath.com
२८ असार २०८०, बिहीबार

भोलि सार्वजनिक बिदा



काठमाडौं । गण्डकी प्रदेश सरकारले भोलि अर्थात असार २९ गते सार्वजनिक बिदा दिने भएको छ । भानुु जयन्तीका अवसरमा प्रदेशभरी सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एक सूचना प्रकाशित गर्दै भानुजयन्तीका अवसरमा बिदा दिने जनाइएको छ ।

“गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को २०७९ चैत ८ गतेको निर्णयअनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदासम्बन्धी २०८० असार २९ गते शुक्रबार भानु जयन्तीका अवसरमा गण्डकी प्रदेशका सबै सरकारी निकाय, शैक्षिक संस्था र सार्वजनिक संस्थामा सार्वजनिक बिदा रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूूचना प्रकाशित गरिएको छ”, उक्त सूचनामा भनेको छ ।


प्रतिक्रिया दिनुहोस्