बागलुङ नगरपालिकाका तत्कालिन उपप्रमुख सुरेन्द्र खड्कासहित आठ जनाले पाए सफाइ « Arthapath.com
२४ भाद्र २०८०, आईतवार

बागलुङ नगरपालिकाका तत्कालिन उपप्रमुख सुरेन्द्र खड्कासहित आठ जनाले पाए सफाइ



काठमाडौं । बागलुङ नगरपालिकाका तत्कालिन उपप्रमुख सुरेन्द्र खड्कासहित आठ जनाले सफाइ पाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ बसपार्क निर्माणमा आर्थिक अनियमितता भएको भन्दै विशेष अदालतमा गैरहानूनी लाभ गरी आर्थिक अनियमितता गरेको भन्दै मद्धा दायर गरेको थियो । सोही मुद्दामा तत्कालिन उपप्रमुख खड्कासहित अन्य आठ जना जनप्रतिनिधि तथा कर्मचारीहरुले सफाई पाएका हुन् ।

उनीहरु विरुद्ध बागलुङ बसपार्क निर्माणमा आर्थिक अनियमितता भएको भन्दै विशेष अदालतमा मुद्दा दायर भएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरहानूनी लाभ गरी आर्थिक अनियमितता गरेको भन्दै मुद्दा दायर गरेको थियो । तर, विशेष अदालतका न्यायाधीस यमुना भट्टराइ र खुसी प्रसाद थारुको इजलासले खड्का सहित आठै जनालाइ सपाइ दिएको हो ।

विशेष अदालतले बाग्लुङ नगरपालिकाका तत्कालिन उपमेयर सुरेन्द्र खड्का, ४ नम्बर वडा अध्यक्ष ध्रुवबहादुर केसी, नगरपालिकाका प्राविधिक प्रमुख दयाराम अधिकारी, इन्जीनियर मनोज शर्मा, सवइन्जिनियर घनश्याम रिजाल, दावगरा बसपार्क निर्माण उपभोक्ता समितीका अध्यक्ष सुभाषचन्द्र राजभण्डारी, कोषाध्यक्ष भीमकुमारी आचार्य र सचिव गुणनीधी शर्मालाइ सफाइ पाएका हुन् ।

बागलुङ बसपार्क निर्माणको काममा कामै नभएकोलाइ काम भएको भनी गलत प्रतिवेदन दिएको र ५ लाख ९० हजार रुपैयाँ बढी रकम भुक्तानी दिइ भ्रष्टाचार गरेको भन्दै अख्तयारले मुद्धा दर्ता गराएको थियो ।


प्रतिक्रिया दिनुहोस्