बैंकर पक्राउ प्रकरण: दैनिक हाजिरी जमानीमा १७ दिनपछि थुना मुक्त « Arthapath.com
१ चैत्र २०८०, बिहीबार

बैंकर पक्राउ प्रकरण: दैनिक हाजिरी जमानीमा १७ दिनपछि थुना मुक्त



काठमाडौं । कर्जा प्रवाहमा अनियमिता गरेको आरोपमा पक्राउ परेका बैंकरहरुलाई रिहा गरिएको छ । केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी) अनुसन्धानका लागि पक्राउ गरेका बैंकरलाई विहीबार थुना मुक्त गरेको हो ।

गत फागुन १५ गते मंगलबार तत्कालिन सेञ्चुरी बैंकको सिआइओ, पूर्वसिआईसहित ११ जनलाई सीआइबीले पक्राउ गरेको थियो । पहिलो ७ दिन र दोस्रो पटक ७ म्याद परे सिइआबीले अनुसन्धान गरेको थियो । त्यसपछि गत मंगलबार फेरि तेस्रो पटक ५ दिन हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो ।

तर, विहीबार १७ दिनसम्म थुनामा रहेका बैंकहरु रिहाइ भएको हो । उनीहरुलाई दैनिक हाजिरी जमानीमा रिहा गरिएको सिआइबीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्