सांग्रिला डेभलपमेन्ट बैंकको देशव्यापी वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम « Arthapath.com
९ चैत्र २०८०, शुक्रबार

सांग्रिला डेभलपमेन्ट बैंकको देशव्यापी वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंककले ग्लोबल मनी वीकको अवसरमा वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम संचालन गरेको छ ।

बैंकका विभिन्न शाखा कार्यालयहरुद्वारा देशव्यापी रुपमा ग्लोबल मनी वी २०२४ अवसरमा “आफ्नो पैसाको रक्षा गरौं, आफ्नो भविष्यको सुरक्षा गरौं” भन्ने नारासहित सो कार्यक्रम संचालन गरेको हो ।

बैंकका पोखरा, बुटवल, इटहरी, काठमाडौं, नारायणगढ क्षेत्र लगायतका विभिन्न शाखा कार्यालयमा कार्यरत कर्मचारीहरुले सो कार्यक्रममा सहभागीता जनाएका थिए ।

गत ६ गतेदेखि संचालन भएको वित्तीय साक्षरता सम्वन्धि कार्यक्रम आगामी आइतबारसम्मा निरन्तर रुपमा संचालनमा रहनेछ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्