योजना आयोगका नवनियुक्त चार सदस्यले लिए सपथ « Arthapath.com
९ चैत्र २०८०, शुक्रबार

योजना आयोगका नवनियुक्त चार सदस्यले लिए सपथ



काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त चार सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका छन्। आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसमक्ष उनीहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।

शुक्रबार सिंहदरबार स्थित आयोगको कार्यालयमा नवनियुक्त सदस्यहरु डा. अरनिको पाण्डे, प्रा. संगीता सिंह, डा. कुशरेन्द्रबहादुर महत र प्रा. शिवराज अधिकारीले उपाध्यक्ष समक्ष सपथ लिएका हुन् ।

सपथ ग्रहण गरेसँगै चारै जना सदस्यले शुक्रबार नै पदवहाली समेत गरेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्