नेपाल इन्भष्टमेन्ट मेगा बैंकको ऋणपत्र सूचीकृत, कारोबार कहिलेदेखि ? « Arthapath.com
१५ चैत्र २०८०, बिहीबार

नेपाल इन्भष्टमेन्ट मेगा बैंकको ऋणपत्र सूचीकृत, कारोबार कहिलेदेखि ?



काठमाडौं । नेपाल इन्भष्टमेन्ट मेगा बैंकको ऋणपत्र सूचीकृत भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा बिहीबार सीचीकृत भएको हो ।

बैंकको अंकित मूल्य एक हजार रुपैयाँ दरका ४० लाख ४० हजार कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । बैंकले ‘१० प्रतिशत एनआईएमबी डिबेन्चर २०९०’ सूचीकरण भएको हो ।

यससँगै चैत १८ गते अर्थात् आगामी आइतवारदेखि उक्त ऋणपत्र दोस्रो बजारमा किनबेच गर्न पाइने छ । बैंकले धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड छ । बैंकले १० वर्ष अवधिका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्