यी २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Arthapath.com
६ बैशाख २०८१, बिहीबार

यी २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । आज दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ सूर्यज्योति लाइफ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले भोली अर्थात वैशाख ७ गते बुकक्लोज गर्दैछ।

त्यसैले, आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सको साधारणसभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सूर्यज्योति लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षका लागि १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) गरी कुल ३५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीका अनुसार आगामी वैशाख २१ गते आयोजना हुने कम्पनीको वार्षिक साधारण सभाबाट उक्त लाभांश पारित गरिने छ ।

यस्तै, प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/०८० का लागि ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । आगामी वैशाख २० गते कम्पनीको वार्षिक साधारण बस्दैछ । उक्त सभाबाट कम्पनीको प्रस्तावित लाभांश पारित गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्