सेयर बजारको ओरालो यात्रामा निरन्तरता, सबै सूचक राताम्य « Arthapath.com
६ बैशाख २०८१, बिहीबार

सेयर बजारको ओरालो यात्रामा निरन्तरता, सबै सूचक राताम्य



काठमाडौं । सेयर बजारको ओरालो यात्राले आज (बिहीबार) पनि निरन्तरता पाएको छ । साताको अन्तिम कारोबार दिन आज बजार राताम्य बनेको हो ।

यसदिन सेयर बजार मापक नेप्से परिसूचक १९.५६ अंकले घटेको छ । उक्त अंकको गिरावटपछि नेप्से १९७२.१४ बिन्दुमा रोकिएको छ ।

कारोबार अवधिभर ३१५ कम्पनीको ५३ लाख ४४ हजार ६१३ कित्ता सेयर खरिबिक्री हुँदा कुल २ अर्ब ९ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कुल २११ कम्पनीको मूल्य घट्दा २७ को बढ्यो भने ६ को स्ठिर रह्यो ।

यस दिन १३ वटै परिसूचकमा गिरावट आएको छ ।

बिहीबार खानीखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.९ प्रतिशत बढेको छ । पोखरा फाइनान्स, मध्यभोटेकोशी हाइड्रोपावर, पिपुल्स पावर, जोशी हाइड्रो र माइखोला हाइड्रोपावरका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् ।

यता, रुरु हाइड्रोपावरको मूल्य १० प्रतिशत घटेर नेगेटिभ सर्किट लागेको छ । त्यस्तै गोर्खाज फाइनान्सको ९.३, सीवाईसी लघुवित्तको ६.१२ प्रतिशत मूल्य घट्यो ।कारोबार रकमका आधारमा गोर्खाज फाइनान्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स, पोखरा फाइनान्स, शिवम् सिमेन्ट र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे ।

कारोबार रकमका आधारमा गोर्खाज फाइनान्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स, पोखरा फाइनान्स, शिवम् सिमेन्ट र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे ।


प्रतिक्रिया दिनुहोस्