सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
१० बैशाख २०८१, सोमबार

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आज (सोमबार) सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुनको प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ५५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ३५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७०५ रुपैयाँ भइरहेको महासंघले जनाएको छ।

लगातार उकालो लागिरहेको सुनको मूल्य आइतबार भने स्थिर रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्