‘लगानी प्रवर्द्धनका लागि अध्यादेशमार्फत कानुनको संसोधन स्वागतयोग्य’ « Arthapath.com
१२ बैशाख २०८१, बुधबार

‘लगानी प्रवर्द्धनका लागि अध्यादेशमार्फत कानुनको संसोधन स्वागतयोग्य’



काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि कानुन र नियमावलीमा अध्यादेश मार्फत गरेको संशोधनको स्वागत गरेको छ । 

महासंघले  लगानी सम्मेलनको सम्मुखमा सरकारले लगानी प्रवर्द्धनका लागि सरकारले १२ कानुन र नियमावलीमा अध्यादेशमार्फत भएको संसोधनको महासंघले स्वागत गरेको हो ।

महासंघले कुल गार्हस्थ्य उत्पादनको ०.२ प्रतिशतमात्रै विदेशी लगानी आइरहेको सन्दर्भमा महासंघको आग्रहमा गरिएको सुधारले लगानीको वातावरण बन्ने विश्वास गरेको छ । 

सरकारले यहि १६ र १७ गते आयोजना हुने लगानी सम्मेलनलाई लक्षित गरी निजी क्षेत्रको आग्रहमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, औद्योगिक व्यवसाय ऐन २०७६, वन ऐन, भुमि सम्बन्धि ऐन लगायतका कानुनमा संसोधन गरेको छ । नयाँ व्यवस्थाले वातावरणीय प्रभाव मूल्यांकन, हदवन्दी लगायतका विषयलाई सम्बोधन गरेको छ । 


प्रतिक्रिया दिनुहोस्