चार कम्पनीको १ करोड ३० लाख कित्ता बढी बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति ? « Arthapath.com
१५ फाल्गुन २०८०, मंगलवार

चार कम्पनीको १ करोड ३० लाख कित्ता बढी बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चार कम्पनीको १ करोड ३० लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा राधी विद्युत कम्पनी, नेपाल इन्स्योरेन्स, शिवम् सिमेन्ट र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको हो । यी चारै वटा कम्पनीले गत आइतबार र मंगलबार बोनस सेयर सूचीकृत गराएका हुन् ।

राधी विद्युतले ४.७५ प्रतिशत बापतको ७ लाख ९६ हजार ९० दशमलव ४१ कित्ता, नेपाल इन्स्योरेन्सको १० प्रतिशत बापतको १४ लाख ९४ हजर ७६६ कित्ता, शिवम् सिमेन्टको १४.२५ प्रतिशत बापतको ६२ करोड ७० लाख कित्ता र शाइन रेसुङ्गाको १०.५० प्रतिशत बापतको ४४ लाख ९८ हजार ७७ दशमलव ३७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृ भएको हो ।

यी चारै वटा कम्पनीहरुको बोनस सेयर अब सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्