छुट्ला है दुई कम्पनीको १५/१५ प्रतिशत लाभांश ! सुरक्षित गर्ने आज अन्तिम मौका « Arthapath.com
२९ फाल्गुन २०८०, मंगलवार

छुट्ला है दुई कम्पनीको १५/१५ प्रतिशत लाभांश ! सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । मंगलबार दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ । आज माउन्टेन इनर्जी नेपाल र नेसनल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि भोलि अर्थात् फागुन ३० गते बुधबार बुक क्लोज गर्दैछन् । त्यसका आधारमा आजसम्म कायम सेयरधनीहरुले कम्पनीका लाभांश प्राप्त गर्न सक्नेछन् ।

माउन्टेन इनर्जी नेपालले यो वर्ष १५.७८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्न कम्पनीले आगामी चैत १३ गते साधारण सभा बोलाएको छ ।

यता, नेसनल लघुवित्तले पनि आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७.५ प्रतिशत नगद लाभांश दिने भएको हो । उक्त प्रस्ताव पारित गर्न कम्पनीले चैत १६ गते वार्षिक साधारण सभा बोलाएको छ ।


प्रतिक्रिया दिनुहोस्