थप तीन कम्पनीले पठाए सम्बन्धित सेयरधनीको डिम्याट खातामा बोनस सेयर, तपाईकोमा आयो  ? « Arthapath.com
२२ फाल्गुन २०८०, मंगलवार

थप तीन कम्पनीले पठाए सम्बन्धित सेयरधनीको डिम्याट खातामा बोनस सेयर, तपाईकोमा आयो  ?



काठमाडौं । तीन कम्पनीले आफ्ना सेयरधनीहरुको डिम्याट खातामा बोनस सेयर जम्मा गरिदिएका छन् । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, नेपाल इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्सले सम्वन्धित सेयरधनीहरु खातामा बोनस सेयर पठाइदिएका हुन् ।

शाइन रेसुंगाले सम्वन्धित सेयरधनीहरुको डिम्याट खातामा १०.५० प्रतिशत बोनस सेयर जम्मा गरिदिएको हो । बैंकको गत मंसिर २३ गते सम्पन्न साधारण सभाले पारित गरेको सो बराबरको बोनस सेयर खातामा जम्मा गरिदिएको हो । उक्त बोनस सेयर गत मंसिर १० गतेसम्म सेयर डिम्याट गराएकाहरुको बैंकले जनाएको छ। हालसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट बैंकले जनाएको छ ।

यस्तै, नेपाल इन्स्योरेन्सले पनि १० प्रतिशत बोनस सेयर सम्वन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिदिएको हो । यता, सिटिजन लाइफले पनि ५ प्रतिशत बापतको बोनस सेयर सम्वन्धित सेयरधनीहरुको खातामा पठाइदिएको छ ।


प्रतिक्रिया दिनुहोस्