मैलुङ्ग खोला जलविद्युतको लाभांश सुरक्षित गर्ने अन्तिम दिन, कति दिँदै छ बोनस र नगद ? « Arthapath.com
१५ चैत्र २०८०, बिहीबार

मैलुङ्ग खोला जलविद्युतको लाभांश सुरक्षित गर्ने अन्तिम दिन, कति दिँदै छ बोनस र नगद ?



काठमाडौं । मैलुङ्ग खोला जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात चैत १६ गते, शुक्रबार बुक क्लोज गर्दैछ ।

त्यसका आधारमा आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

सभाले हाल कायम चुक्ता पूँजीको २.२२११ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.११६९ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको छ । सो प्रस्ताव पारित गर्न आगामी चैत २९ गते साधारण सभा बोलाएको छ ।

सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्