तपाईको खातामा आयो त एक कम्पनीको ११ प्रतिशत नगद लाभांश ? « Arthapath.com
१४ चैत्र २०८०, बुधबार

तपाईको खातामा आयो त एक कम्पनीको ११ प्रतिशत नगद लाभांश ?



काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले लाभांश पठाउन सुरु गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश खातामा पठाउन सुरु गरेको हो ।

कम्पनीले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई चैत ७ गतेदेखि सो लाभांश पठाउन सुरु गरिएको जनाएको छ । कम्पनी गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही नगद लाभांश (कर सहित) जम्मा गर्न सुरु गरेको जनाएको छ ।

कम्पनीले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेपछि मात्रै आउने छ।


प्रतिक्रिया दिनुहोस्