एक दिन बाँकी हुँदै ३.६० गुणा बढीले रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन « Arthapath.com
७ भाद्र २०७७, आईतवार

एक दिन बाँकी हुँदै ३.६० गुणा बढीले रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले बिक्रीमा ल्याएको आइपीओमा आइतबारसम्म ३.६० गुणा भन्दा धेरै शेयर खरिदको लागि आवेदन परेको छ ।

आईतबार ४ बजेसम्ममा ५ लाख ३ हजार ८०२ जना आवेदकबाट २ अर्ब ४ करोड १४ लाख १९ हजार रुपैयाँ बराबरको २ करोड ४ लाख १४ हजार १९० कित्ता शेयर खरिदको लागि आवेदन परेको हो ।

इन्स्योरेन्सले बिहीबारदेखि ६३ लाख कित्ता शेयर बिक्रीमा ल्याएको छ । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । बाँकी ५६ लाख ७० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

सर्वसाधारणले कम्पनीको आईपीओ भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन्। त्यस अवधिसम्ममा सम्पूर्ण शेयरको लागि आवेदन नपरेमा निष्काशन अवधि भदौ २२ गतेसम्म लम्बिने छ ।


प्रतिक्रिया दिनुहोस्