१ लाख १० हजार कित्ता सेयर लिलामीमा बिक्री गर्दै नेशनल माइक्रोफाइनान्स « Arthapath.com
२७ भाद्र २०७७, शनिबार

१ लाख १० हजार कित्ता सेयर लिलामीमा बिक्री गर्दै नेशनल माइक्रोफाइनान्स



काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापकतर्फको सेयर बिक्री गर्ने भएको छ । कम्पनीले १ लाख १० हजार कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको हो ।

असोज २ गतेदेखि कात्तिक ६ गतेसम्म उक्त सेयर कित्ताका लागि बोलकबोलद्धारा आवेदन माग गरेको हो । उक्त सेयरमा विद्यमान संस्थापक, सर्वसाधारण र कम्पनी, संघसंस्थाहरुले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७ सय २५ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने छ । सेयर खरिदका लागि बोलकबोल गर्दा आवेदकले न्यूनतम १ हजार कित्ताका लागि आवेदन गर्न सक्नेछन् भने अधिकतममा सम्पूर्ण कित्ताको लागि पनि आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्