पहिलो दिन नै ५६ प्रतिशत बिक्यो प्रभु सेलेक्ट फण्डको इकाई « Arthapath.com
५ जेष्ठ २०७८, बुधबार

पहिलो दिन नै ५६ प्रतिशत बिक्यो प्रभु सेलेक्ट फण्डको इकाई



काठमाडौं । खुलेको पहिलो दिनमै प्रभु सेलेक्ट फण्डको इकाईमा पहिलो दिन मै ५६ प्रतिशत भन्दा बढी आवेदन परेको कम्पनीले जनाएको छ ।

प्रभु क्यापिटलले जेष्ठ ५ गतेबाट निष्काशन भएको सो फण्डमा १७ हजार ९ सय ७२ जना सर्वसाधारण गानीकर्ताहरु आवेदन दिएका छन । पहिलो दिनमै ४१ करोड १४ लाख ८३ हजार ७ सय रकम बराबरको ४ करोड ११ लाख ४८ हजार ३ सय ७० इकाई खरिदका लागि आवेदन परेको हो ।

प्रभु क्यापिटलले आज जेष्ठ ५ गतेदेखि प्रति इकाई रु. १० अंकित दरमा १ अर्ब बारबरको १० करोड इकाई म्युचुअल फण्ड बिक्रीमा ल्याएको हो ।

यो फण्डले १५ प्रतिशत इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंक लिमिटेडलाई १ करोड ४० लाख र कोष व्यवस्थापक प्रभु बैंकलाई १० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरिएको हो ।

यो फण्डमा लगानीकर्ताहरुले न्यूनतम १०० इकाई देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरीदका लागि आवेदन दिने अन्तिम समय छिटोमा जेष्ठ ९ गते आइतबारसम्म रहेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्