आजसम्म कायम शेयरधनीहरुले पाउँनेछन् एशियन लाइफको २७ प्रतिशत लाभांश « Arthapath.com
११ माघ २०७८, मंगलवार

आजसम्म कायम शेयरधनीहरुले पाउँनेछन् एशियन लाइफको २७ प्रतिशत लाभांश



काठमाडौं । आज मंगलबारसम्म कायम शेयरधनीहरुले एशियन लाइफ इन्स्योरेन्स को लाभांश पाउने छन् । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले भोली बुधबार बुक क्लोज गर्ने छ । तसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले प्रस्तावित २७ प्रतिशत लाभांश पाउने छन् ।

इन्स्योरेन्स संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६र७७ सम्मको सञ्चित नाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

माघ २१ गते, होटल दियालो लर्डस प्लाजा, आदर्शनगर, वीरगंजमा हुने १३ औँ वार्षिक साधारण सभाले प्रस्तावित लाभांश पारीत गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्