सिद्धार्थ इन्स्योरेन्सको १५.७८९५ प्रतिशत लाभांश घोषणा, बोनस कति ? « Arthapath.com
२० माघ २०७८, बिहीबार

सिद्धार्थ इन्स्योरेन्सको १५.७८९५ प्रतिशत लाभांश घोषणा, बोनस कति ?



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १८ गते बसेको सञ्चालक बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब १२ करोड रुपैयाँको १५ प्रतिशत अर्थात १६ करोड ८० लाख रुपैयाँ बराबर बोनस शेयर र कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत अर्थात ८८ लाख ४२ हजार १०५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले घोषणा गरेको उक्त लाभांश बीमा समितिको स्वीकृति पश्चात र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

कम्पनीको १५ प्रतिशत बोनस शेयर वितरणपश्चात चुक्ता पूँजी १ अर्ब २८ करोड ९५ लाख रुपैयाँ पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्