शेयर बजारमा हरियाली, कुन समूह कति बढे ? « Arthapath.com
१६ चैत्र २०७८, बुधबार

शेयर बजारमा हरियाली, कुन समूह कति बढे ?



काठमाडौं । निरन्तर ओरालो लागिरहेको शेयर बजार बुधबार भने हरियाली छाएको छ । दिनभरि उतारचढाव हुँदै कारोबार बन्द हुँदा सबै समूहमा हरियाली छाएको हो । यसअघि बजारमा दोहोरो अकंले घटिरहेको बजारमा बुधबार भने लगानीकर्ताको मनोवल बढेको छ ।

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ४०.६८ अंकले बढेर २५६८.२५ अकंमा बन्द भएको छ । बुधबार दिनभरिमा २३२ कम्पनीको ४५ लाख २ हजार ५११ कित्ता शेयर ३६ हजार ८११ पटक किनबेच हुँदा २ अर्ब २५ करोड १ लाख १७ हजार २९६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार सबै समूहमा हरियाली छाएको छ । बुधबार बैंकिङ समूह ०.२३ प्रतिशत, ट्रेडिङ समूह ०.३८ प्रतिशत, होटल तथा पर्यटन समूह २.५१ प्रतिशत, विकास बैंक समूह ३.३२ प्रतिशत, हाइड्रोपावर समूह २.५१ प्रतिशत, फाइनान्स समूह ३.२९ प्रतिशत, निर्जीवन बीमा समूह १.५८ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूह १.४९ प्रतिशत, अन्य समूह ४.१२ प्रतिशत, माकइक्रोफाइनान्स समूह १.४३ प्रतिशत, जीवन बीमा समूह १.४८ प्रतिशत, म्युचुअल फण्ड समूह १.३ प्रतिशत र इन्भेष्टमेन्ट समूह २.७६ प्रतिशतले शेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्