सयपत्रीको आइपीओ हात पार्न भाग्यकै भर, ६७ हजारले मात्र १० कित्ता पाँउने साढे १४ लाखको हात रित्तो « Arthapath.com
२३ श्रावण २०७९, सोमबार

सयपत्रीको आइपीओ हात पार्न भाग्यकै भर, ६७ हजारले मात्र १० कित्ता पाँउने साढे १४ लाखको हात रित्तो



काठमाडौं । सयपत्री हाईड्रोपावर कम्पनी लिमीटेडको आइपीओ मंगलबार (साउन २४ गते) बाँडफाँट गर्ने भएको छ । कम्पनीले साउन १३ गतेबाट १६ गतेसम्म निष्काशन गरेको आईपिओ प्रि अलटमेन्ट आइतबार (साउन २२ गते) सम्पन्न भएसँगै मंगलबार बाँडफाँ गर्ने तयारी गरेको हो । क्यापिटलका अनुसार मंगलबार बिहान १० बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो सयपत्रीको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ

कम्पनीले कुल ७ लाख २९ हजार ६० कित्ता आईपिओ निष्काशन गरेको थियो । कुल कित्ताको ५ प्रतिशत अर्थात ३ हजार सामुहिक लगानी कोष २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षीत गरी बाँकी ६ लाख ७ण् हजार ५८६ कित्ता सवैसाधारणलाई छुट्याइएको थियो । कम्पनीको आईपिओ अन्तिम दिन १५ लाख २३ हजार ७ सय ३ जना लगानीकर्ताको १ करोड ७२ लाख ४५ हजार ८० कित्ताको लागि आबेदन परेको थियो। यो संख्या माग भन्दा २५.७१ गुणा बढि हो ।

यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा ६७ हजार ५८ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १४ लाख ५६ हजार ६४४ जनाको भने हात खाली हुनेछ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी आइएस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।


प्रतिक्रिया दिनुहोस्