एनआइसी एशिया बैंकको सेयरमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ? « Arthapath.com
३० फाल्गुन २०७९, मंगलवार

एनआइसी एशिया बैंकको सेयरमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?



काठमाडौं । केन्द्रीय बैंकले अर्थतन्त्रका सूचकहरु सबल बन्दै गएको रिपोर्ट सार्वजनिक गरे पछि बजार सुधार तिर लम्किएको छ । बैंकहरुले निक्षेप र कर्जा दुवैको ब्याजदर घटाउदैं छन् । सोहि कारण पनि बजारमा सुधार देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.८५ अकंले घटेर १९५३.०६ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५५ कम्पनीको ३३ लाख १८ हजार १०८ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब १३ करोड५९ लाख २५ हजार ३५७ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार एनआइसी एशिया बैंकको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर १० करोड ४८ लाख २४ हजार रुपैयाँको कारोबार भएको छ ।

साथै, नबिल बैंकको ३ करोड ४४ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड १६ लाख रुपैयाँ र हिमालयन डिष्टीलरीको २ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्