कारोबारमा अगाडि देखिएका माछापुच्छ्रे र एभरेष्ट बैंकको आज कति बिक्यो सेयर ? « Arthapath.com
१७ भाद्र २०८०, आईतवार

कारोबारमा अगाडि देखिएका माछापुच्छ्रे र एभरेष्ट बैंकको आज कति बिक्यो सेयर ?



काठमाडौं । आइतबार सर्वाधिक सेयर कारोबार हुनेको चौथो र पाँचौ नम्वरमा माछापुच्छ्रे र एभरेष्ट बैंक छन् । समग्रमा बजार २९.८१ अंकले घटेको छ। साताको पहिलो कारोबार दिन बजार परिसूचक १९६०.७८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

आज कुल १ अर्ब १८ करोड ६६ लाख १८ हजार रुपैयाँ बराबरको ४० लाख ५३ हजार ३६८ कित्ता सेयर किनबेच भएको छ ।आज सबैभन्दा धेरै सोल्टी होटेलको सेयर खरिदबिक्री भएको छ । आज कम्पनीको ३ करोड ८८ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।

यस्तै, दोस्रो स्थानमा रहेको आइएमई लाइफको ३ करोड ७६ लाख ४१ हजार र सिटी होटेलको ३ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

उक्त दिन माछापुच्छ्रे र एभरेष्ट बैंकको पनि ३ करोड भन्दा माथिको सेयर खरिदबिक्री भएको हो । आज माछापुच्छ्रे बैंकको ३ करोड ४९ लाख ६६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज बैंकको १ लाख २९ हजार ७३४ कित्ता सेयर किनबेच भएको छ। बैंकले आफ्ना सेयरधनीलाई गत आवको मुनाफाबाट १४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । त्यसकारण पनि लगानीकर्ता बैंकको सेयर खरिद बढेको हो । आज बैंकको मूल्यमा भने सामान्य गिरावट आएको छ। बैंकको सेयर मूल्य २.७९ प्रतिशतले घटेर प्रतिकित्ता २६८ रुपैयाँ २० पैसा पुगेको छ ।

यस्तै, एभरेष्ट बैंकको पनि ३ करोड २३ लाख ४३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज बैंकको कुल ५४ हजार ८ कित्ता सेयर किनबेच भएको हो । बैंकको सेयर मूल्य पनि १.३२ प्रतिशतले घटेको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता ५९६ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्