‘हिमालयन ८०–२०’ को न्याभ र नाफा बढ्यो, वाणिज्य बैंकको सेयरमा धेरै लगानी « Arthapath.com
८ चैत्र २०८०, बिहीबार

‘हिमालयन ८०–२०’ को न्याभ र नाफा बढ्यो, वाणिज्य बैंकको सेयरमा धेरै लगानी



काठमाडौं । हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०—२० को प्रतिइकाई खुद सम्पपत्ति (न्याभ) बढेको छ । फन्डले सार्वजनिक गरेको फागुन महिनाको खुद सम्पत्ति मूल्य विवरणले यस्तो देखाएको हो ।

हाल फन्डको न्याभ १० रुपैयाँ ७२ पैसा छ । तर, गत माघमा भने फन्डको न्याभ १० रुपैयाँ ७० पैसा थियो । फागुनमा फण्डको नाफा पनि बढेको छ । गत माघ मसान्तसम्म फन्डले ७ करोड ८१ हजार रुपैयाँ नाफा कमाएको थियो । तर, फागुनमा भने ७ करोड १७ लाख ७२ हजार रुपैयाँ नाफा कमाएको छ ।

फन्डको आम्दानी बढेसँगै नाफा वृद्धि भएको हो । फागुन मसान्तसम्मा फन्डको आम्दानी ८ करोड ५७ लाख ८९ हजार रुपैयाँ पुगेको छ । तर, गत माघ मसान्तसम्मा भने यस्तो आम्दानी ८ अर्ब २३ करोड ८८ लाख रुपैयाँ रहेको थियो । एक महिनामा कम्पनीको आम्दानी ३४ लाख रुपैयाँले बढेको हो ।

फण्डले फागुन मसान्तसम्ममा सूचीकृत सेयरमा ४३ करोड भन्दा बढी लगानी गरेको छ । यो लगानी माघ मसान्तमा ४२ करोड ८३ लाख थियो । फन्डले सबैभन्दा धेरै लगानी वाणिज्य बैंकहरुको सेयरमा गरेको छ । वाणिज्य बैंक समूहतर्फ फन्डको ९ करोड १० लाख ७८ हजार रुपैया लगानी गरेको छ ।

यस्तै, विकास बैंकमा २ करोड ४० लाख ९० हजार, फाइनान्स १ करोड ४ लाख ७७ हजार, लघुवित्तमा २ करोड ९६ लाख २३ हजार रुपैयाँ लगानी गरेको छ

यता, जीवन बीमा समूहमा ३ करोड ६७ लाख ५२ हजार, निर्जीवन बीमा ५ करोड ५१ लाख ८२ हजार, जलविद्युत समूहमा १ करोड ८९ लाख ३२ हजार र उत्पादन तथा प्रसोधन समूहमा २ करोड ५८ लाख ९५ हजार, होटेल तथा पर्यटन समूहमा २५ लाख र ट्रेडिङ समूह ५७ लाख लगानी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्