झुटो वित्तिय विवरण दिने युनियन लाईफ इन्स्योरेन्समाथी किन भएन कारवाही ? « Arthapath.com
१२ फाल्गुन २०७६, सोमबार

झुटो वित्तिय विवरण दिने युनियन लाईफ इन्स्योरेन्समाथी किन भएन कारवाही ?



काठमाडौं । आईपीओ निष्काशनको तयारीमा रहेको युनियन लाइफ इन्स्योरेन्सले गम्भीर गल्ती गर्दा पनि बीमा समिति रमिते बनेर बसेको छ । पछिल्लो वित्तीय विवरणअनुसार युनियन लाइफले कुल आम्दानी १२ करोड २४ लाख ३७ हजार २३ रुपैयाँ र खर्च १० करोड १४ लाख ५५ हजार २४८ देखाएको छ । आम्दानी र खर्च करिब उस्तै रहेको कम्पनीले नाफा भने २२ करोड ३८ लाख ९२ हजार २ सय ७१ रुपैयाँ भएको भन्दै केही दिन अघि वित्तीय विवरण सार्वजनिक गरेको थियो ।

नाफा÷घाटाको हिसाबै गर्न नजानेका मान्छेहरू कम्पनीको व्यवस्थापनमा भएर यस्तो भएको पनि हुनसक्छ । तर, लाखौं रुपैयाँ तलबभत्ता लिएर बसेको सीईओ र उच्च व्यवस्थापनहरूले यति कुरा बुझेनन् भनेर पत्याउन सकिँदैन । त्यसो त युनियन लाइफले संकलन गरेको बीमाशुल्क पनि अस्वाभाविभक भयो भनेर बेला–बेला चर्चा चल्ने गरेको छ । तर, कम्पनीले मंगलबारमात्रै बीमा समितिको निर्देशन अनुसार सच्याउँदै ७ करोड ७३ लाख ८३ हजार रुपैयाँमात्रै नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षदेखि नै वास्तविक नाफाभन्दा बढी नाफा कमाएको वित्तीय विवरण प्रकाशित गरेर भूmटो विवरण सार्वजनिक गरिरहेको छ । यो कुरा पनि बीमा समितिले नै थाहा पायो । कम्पनीलाई प्रस्टीकरण पनि सोध्यो । युनियन लाइफले गल्ती स्वीकार ग¥यो । बीमा समितिले सच्याएर अर्को वित्तीय विवरण सार्वजनिक गर्न निर्देशन दियो । कम्पनीलेअर्को वित्तीय विवरण पनि सार्वजनिक गरिसकेको छ ।

‘पहिलोपटक गल्ती गरेकाले गम्भीर प्रकृतिको गल्ती भएपनि सच्याएर विवरण छाप्दैमा समितिले माफी दिनुहुँदैन थियो,’ बीमा समितिकै एक कर्मचारीले भने, ‘यस्तै हो भने त कुनै पनि चोरले चोरेको सामान फिर्ता गर्यो भने माफी दिने कानून नै बनाए भैगो नि ।’

युनियन लाइफलाई समितिका अहिलेका अध्यक्ष चिरञ्जीवी चापागाईंले नै लाइसेन्स दिएका हुन् । कम्पनीले २०७४ असार २० गतेबाट कारोबार सुरु गरेको हो । कम्पनीको अधिकृत पुँजी २ अर्ब १५ करोड र जारी तथा चुक्ता पुँजी २ अर्ब १५ करोड रहेकोमा सो पुँजीमध्ये ७० प्रतिशतले हुने १ अर्ब ५० करोड ५० लाख संस्थापक समूहको रहेको छ भने बाँकी ३० प्रतिशतले हुने ६४ करोड ५० लाख सर्वसाधारण समूहका लागि छुट्याइएको छ । कुनै पनि कम्पनीले साधारण सेयर (आईपीओ जारी गर्नका लागि सञ्चालनमा आएर एक आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरी सोको रेटिङ गराएको हुन पर्दछ ।
सेयर बजारबाट


प्रतिक्रिया दिनुहोस्