असोज ३० गतेदेखि अग्रिम टिकट खुल्ला, मंसिर १६ गतेदेखि आमहड्ताल घोषणा « Arthapath.com
२६ आश्विन २०७७, सोमबार

असोज ३० गतेदेखि अग्रिम टिकट खुल्ला, मंसिर १६ गतेदेखि आमहड्ताल घोषणा



काठमाडौं । दशैं तथा तिहारका लागी लामो तथा छोटो दुरीका सवारी साधनहरुको अग्रिम बुकिङ खुल्ला गरिने भएको छ । सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालले आफ्नो कार्यालयमा गरेको पत्रकार सम्मेलनमा असोज ३० गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिने जानकारी दिएको हो ।

राज्यका सरोकारवाला निकाय तथा बैंकहरुले यातायात व्यवसायीको रोदन नसुनेकोले गर्दा आन्दोलनको कार्यक्रम घोषणा गर्न आफुहरु बाध्य भएको महासंघले बताएको छ । प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, यातायात मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, पर्यटन मन्त्रालयदेखि सरोकारवाला सबै निकायमा धाउँदा पनि सबै निकाय एकले अर्कालाई देखाउँदै पन्छिने गरेको आरोप महासंघले लगाएको छ । महामारीमा थप राहत घोषणा गर्नु पर्नेमा आफैंले बजेटमा घोषणा गरेको व्यवस्था समेत लागु नगरेकोमा महासंघका पदाधिकारीले आश्चर्य प्रकट गरेका छन् ।

महासंघले यसअघि प्रधानमन्त्री कार्यालय लगायत २७ वटै वाणिज्य मन्त्रालयहरुमा ज्ञापनपत्र बुझाई सकेको छ । आजको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी गराउँदै महासंघले दशैं तिहार सकिए लगत्तै पहिलो चरणमा मंसिर ६ गतेदेखि १५ गतेसम्म १० दिन विभिन्न अनुरोधात्मक कार्यक्रम गर्ने र त्यो गर्दा पनि माग सम्बोधन नभए १६ गतेदेखि देशव्यापी आम हड्तालसम्म गर्ने चेतावनी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्