जबर्जस्ति करणी मुद्दामा लोक गायक साह पक्राउ « Arthapath.com
३ मंसिर २०७७, बुधबार

जबर्जस्ति करणी मुद्दामा लोक गायक साह पक्राउ



काठमाडौं । जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले गायक रविराज साहलाई पक्राउ गरेको छ । सर्लाहीको चन्द्रपुर नगरपालिका ४ घर भई काठमाडौंमा बस्दै आएका उनलाई भक्तपुर प्रहरीले कात्तिक २७ मा नियन्त्रणमा लिएको थियो । अहिले उनलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वर पठाइएको छ । घटना काठमाडौंमा भएको भन्दै भक्तपुर प्रहरीले अनुसन्धानका लागि गायक साहलाई प्रहरी वृत्त नयाँ बानेश्वर पठाएको बुझिएको छ । एक युवतीले उनीमाथि जवरजस्ती करणी उधोग अन्तर्गत मुद्दा हालेको र अहिले सो विषयमा अनुसन्धान भइरहेको प्रहरी वृत नयाँ बानेश्वरका डिएसपी दक्ष्य बस्नेतले जानकारी दिए ।

घटना कसरी घट्यो ?हेटौँडा घर भएकी किरण जनकपुरमा बस्छिन्। आफूलाई मोडल बताउने उनले केही एलबममा मोडलका रुपमा काम गरिसकेकी छिन । रविराज पनि गायक भएकाले उनीहरुबीच चिनजान भएको हुनुपर्छ । रविराजले फिल्मको सुटिङ छ भन्दै किरणलाई काठमाडौं आउन भन्यो । उनी घरपरिवारसँग पनि नसोधी जनकपुरबाट फ्लाइटका काठमाडौं पुगिन्। उनलाई काठमाडौं एयरपोर्टमै पुगेर रविराजले रिसिभ गरे। त्यहाँबाट सिधा आफ्नो कोठा लगे । किरण भन्छिन्, ‘रविराजसँगै कोठामा अन्य मानिस पनि थियो। मैले कहाँ सुत्ने भनेर रविराजसँग प्रश्न गर्दा एउटै कोठामा बस्ने भन्यो । त्यसपछि मैले बिरामी छु भनेपछि कोठामा राखिएको मदिरा जस्तो देखिने झोल पदार्थ मलाई रविराजले खुवायो । त्यसपछि म बेहोस् हुँदा कुटपिट र जवरजस्ती गर्ने प्रयास गर्यो ।’ घटना काठमाडौंको कुन ठाउँमा भएको भन्ने जिज्ञासामा किरणले त्यो थाहा नभएको बताएकी छिन् । उनले रविराजले सुटिङका लागि नभएर गलत व्यवहार गर्न बोलाएको पनि जिकिर गरेकी छिन् ।

फेसबुक लाइभ गरेर घटना सार्वजनिक

गायक साहमाथि आफूलाई मोडल बताउँदै आएकी किरन बानियाँले जवरजस्ती करणी र हत्याको प्रयास गरेको आरोप लगाएकी छन् । उनले फेसबुक लाइभमै आएर आफूलाई गायक साहले काठमाडौं बोलाएर जर्वजस्ती करणीको प्रयास र ज्यान मार्ने धम्की दिएको बताएकी छिन् । पहिलो पटक उनले घटनाबारे कलाकार भरत साहसँग फेसबुकमा लाइभ कुराकानी गरिन्। त्यसपछि आफ्नो फेसबुकमा लाइभ आएर घटना सार्वजनिक गरिन्। कलाकार साहसँगको कुराकानीमा उनले नशालु पदार्थ खुवाएर गायक साहले कुटपिट गरेको र जर्वजस्ती करणीको प्रयास गरेको बताएकी छन् ।यात्राडेली


प्रतिक्रिया दिनुहोस्