क्लियरिङ हाउसले लकडाउनमा १८ अर्ब बढी कारोबार गर्यो « Arthapath.com
१९ चैत्र २०७६, बुधबार

क्लियरिङ हाउसले लकडाउनमा १८ अर्ब बढी कारोबार गर्यो



काठमाडौं । लकडाउनको समययमा नेपाल राष्ट्र बैंकले डिजिटल कारोवारलाई प्रोत्साहन गरेको छ । ग्राहकहरुलाई पनि डिजिटल कारोवार गर्दा छुटको व्यवस्था गरेको छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाहरुले नगद कारोवार र अत्यावश्यक कारोवार बाहेक अन्य भसक्तानी डिजिटल माध्यममार्फत गरिरहेका छन । जसका लागि ग्राहकहरुले बैंकका कार्ड, मोबाईल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग्, कनेक्ट आइपीएस जस्ता डिजिटल माध्यमहरु मार्फत घरमै बसेर कारोवार गर्न सक्ने छन ।

सरकारले जारी राखेको लकडाउनको समयमा पनि नेपाल क्लियरिङ हाउस लिमिटेडले पनि आफ्नो सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तीनका ग्राहकहरुलाई असर नपर्ने गरी भुक्तानी कारोबारहरु समयमै राफसाफ गर्ने उद्देृश्यका साथ आफ्नो एनसीएचएल इसीसी, एनसीएचएल–आईपीएस, कनेक्ट आइपीएस, कनेक्ट आरटीजीएस तथा एनपीआई लगायतका सम्पूर्ण भुक्तानी प्रणालीहरु नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुको समन्वयमा सुचारु नै राखेको छ ।

चैत्र ११ गतेबाट सुरु भएको लकडाउनको समयावधिमा एनसीएचएलका बिभिन्न प्रणालीहरु मार्फत १८.५ अर्ब बराबरको भुक्तानी कारोबारहरु राफसाफ भएको हाउसले जनाकारी दिएको छ ।

हाउसका अनुसार कनेक्ट आरटीजीएसप्रणाली मार्फत नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणालीमा थप २१ अर्ब बराबरकोभुक्तानी कारोबार राफसाफ भएको छ ।

उक्त्त अवधिमा भुक्तानी कारोबारको संख्या घटेको भएतापनि नेपाल सरकार लगायत बिभिन्न संघ संस्था, तलब भुक्तानी, रेमिट्यान्स, फण्ड ट्रान्सफर जस्ता अत्यावश्यक कारोबारहरुका लागि उक्त सिस्टमहरु विषेश प्रयोगमा आएका छन् ।

साथै एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेसमा जोडिएका कर्पोरेट्स्, रेमिट्यान्स कम्पनी, डिजिटल वालेट लगायतका संस्थाहरुले भुक्तानी कारोबारहरु स्वचालित तरिकालेनै राफसाफ गरिरहेका छन् ।

हालको अवस्थालाई ध्यानमा राखी सर्वसाधारण तथा बैंकका कर्मचारीहरुको स्वास्थ्य सुरक्षाका निम्ति भने एनसीएचएल–ईसीसी र एनसीएचएल आईपीएस का क्लियरिङ्ख र सेटेल्मेन्टको समय सीमा भने केही परिवर्तन गरि घटाइएकोछ ।

एनसीएचएल–ईसीसीमा दिनको १२ बजेसम्म पेश गरिएका चेकहरु तथा एनसीएचएल–आईपीएस मा दिनको ११.३० बजेसम्म पेश गरिएका भुक्तानी कारोबारहरु सोही दिनको १ बजेसम्म राफसाफ हुने र यी समय सीमा पछि पेश गरिएका चेक तथा भुक्तानी कारोबारु भने पछिल्लो दिन राफसाफ हुने अस्थाई व्यवस्था गरिएको छ ।

कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणाली मार्पmत भने चौबीसै घण्टा कारोबार गर्न सकिने ब्यवस्था यथावत नै रहेको छ । एनसीएचएल–ईसीसी मा प्रति चेक ३० करोड सम्मको भुक्तानी कारोबार तथा एनसीएचएल–आईपीएस मार्पmत्प्रति कारोबार २० करोड सम्मको अन्तरबैंक भुक्तानी गर्न सकिने ब्यवस्था रहेको छ ।

हाल बीटूबी, बीटूसी, जीटूबी जस्ता कारोबारहरु मुख्य टू एनसीएचएल–आइपीएसबाट हुँदै अएका छन्, जसको लागि सम्बन्धित भुक्तानी कर्ताले आफ्नो बैंकलाई भुक्तानी आदेश दिनुपर्ने हुन्छ र बैंकले सोही आदेशको आधारमा कारोबार गर्दछ ।

नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडद्वारा प्रवद्र्धित एनसीएचएलले नेपालमा विभिन्न भुक्तानी प्रणालीहरु स्थापना तथा सञ्चालन गर्दै आएको छ । यसमा सबै जसो बैंक वित्तीय संस्थाहरु लगायत ३० वटा गैर बैंकिङ्ख संस्थाहरु सदस्यका रुपमा आवद्ध रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्