ओपोद्वारा गेम डेभ्लपर कम्फरेन्स २०२२ मार्फत विश्वकै पहिलो रे ट्रेसिंग थ्रीडी वालपेपर प्रदर्शित « Arthapath.com
२७ चैत्र २०७८, आईतवार

ओपोद्वारा गेम डेभ्लपर कम्फरेन्स २०२२ मार्फत विश्वकै पहिलो रे ट्रेसिंग थ्रीडी वालपेपर प्रदर्शित



काठमाडौं । ग्लोबल प्राविधिक ब्राण्ड ओपोले गेम डेभ्लपर्स कन्फरेन्स २०२२ (जीडीसी) मार्फत स्मार्टफोनका लागि उद्योगकै पहिलो रे ट्रेसिङ एप्लिकेशन–कलरओएस रे ट्रेसिंग थ्रीडी वालपेपर्स प्रदर्शित गरेको छ । कार्यक्रममा उपस्थितले चीनमा सार्वजनिक गरिएको ओपोको नयाँ फ्ल्यागशिप स्मार्टफोन, ओपो फाइण्ड एक्स ५ प्रो (डाइमेन्सिटी संस्करण) मार्फत मल्टिपल रियल–टाइम रे ट्रेसिङ वालपेपरहरूको प्रत्यक्ष अनुभव गर्ने अवसर प्राप्त गरेका थिए । थ्रीडी वालपेपर एप्लिकेशन यसै वर्ष भित्रै एपीके मार्फत सार्वजनिकको तयारी भइरहेको जानकारी दिइएको छ ।

“प्राविधिक क्षेत्रकै एक अगुवाका रुपमा ओपोले सँधै नै प्रयोगकर्ताहरूको मोबाइल अनुभवलाई अझ समृद्ध बनाउन सक्रिय रूपमा नयाँ अवसरहरूको खोजिलाई निरन्तर्ता दिइरहेको छ,“ ओपो यूएस रिसर्च सेन्टरका ग्राफिक्स प्रडक्ट म्यानेजमेन्टका प्रमुख जेन टियानले भने, “स्मार्टफोन उपकरणहरू माझ रे ट्रेसिङ प्रविधिको फाइदा उठाउँदै अझ इमर्सिभ र प्रतिस्पर्धात्मक गेमिङका लागि थप यथार्थपरक गेमप्ले ग्राफिक्स उपलबध हुनेछ । स्मार्ट उपकपरणहरुमा भविष्यका अरु प्रयोगहरू अन्वेषण गर्न हाम्रा थ्रीडी वालपेपरले सुरूवाती बिन्दुका रूपमा पनि काम गर्नेछ ।”

प्रकाशको भौतिक व्यवहारलाई अनुकरण गर्ने रे ट्रेसिङ, एक ग्राफिक्स रेन्डरिङ प्रविधि हो । यसको उपयोग पछिल्लो समयमा कम्प्युटरहरूका लागि अपनाई सकिएको छ । रे ट्रेसिङ प्रविधि अपनाई, थ्रीडी वालपेपरहरूले प्रयोग योग्य फ्रेम दरहरूमा वास्तविक समयमा प्रकाश रेन्डर गर्न सक्छन् । यसले गर्दा वस्तुहरूको छायाँ, प्रतिबिम्ब र अपवर्तनहरू अझ जीवन्त र वास्तविक देखिन्छ । यसले गर्दा घुमाउने, ट्याप गर्ने र लहराउने जस्ता हातका इशाराहरूको प्रयोग गरी आफ्ना वालपेपरसँग अन्तरक्रिया गर्न सक्ने सुविधा प्रदान गर्दछ ।

ओपोले सन् २०१८ को सुरुदेखि नै आफ्नो रे ट्रेसिङ प्रविधि विकासको थालनी गरेको थियो । कम्पनीले सुरुमा विद्यमान मोबाइल उपकरणहरूमा रे ट्रेसिङलाई समावेश गराउन हाइब्रिड रेन्डरिङ विधि अपनाएको थियो । कलरओएस रे ट्रेसिङ थ्रीडी वालपेपरका लागि, ओपोले मिडियाटेक डाइमेन्सिटी ९ हजार चिपसेटको सम्भाव्यतालाई पूर्ण प्रयोग गर्दै, फाइन्ड एक्स ५ प्रो (डाइमेन्सिटी संस्करण) मा हाइब्रिड आर्किटेक्चर र समर्पित हार्डवेयर कोरहरू अपनाएर रे ट्रेसिङ कार्य सम्पादनलाई गति दिन नयाँ दृष्टिकोण अपनाएको हो । जीडीसी २०२२मा प्रदर्शित थ्रीडी वालपेपर मोबाइल उपकरणहरूमा नयाँ प्रविधिहरू र रचनात्मक अनुभवहरू पस्कन कम्पनीले गरेका अथक प्रयासहरुको प्रमाण हो ।

यही बर्ष भित्रै ओपोले फाइन्ड एक्स ५ प्रो (डाइमेन्सिटी भर्सन)का प्रयोगकर्ताहरुका लागि थ्रीडी वालपेपर एप्लिकेशनलाई एपीकेका रुपमा र विश्वभरका डेभलपर्स, कलाकार, डिजाइनरहरुले आफ्नो रचनात्मकता प्रस्तुत गर्न सकुन् भन्ने सोचका साथ एसडीके प्योकजका रुपमा उपलब्ध गराउने जानकारी दिइएको छ ।


प्रतिक्रिया दिनुहोस्