अब छैन् झन्झट ! भेटायो एप सञ्चालनमा « Arthapath.com
२७ चैत्र २०७८, आईतवार

अब छैन् झन्झट ! भेटायो एप सञ्चालनमा



काठमाडौं । छिटो र सजिलो तरिकाले घरेलु तथा व्यवसायिक सेवा प्रदान गर्न भेटायो एप सञ्चालनमा आएको छ । २०२१ को नोभेम्बरबाट सुरु भएको उक्त एपले हाल काठमाडौं उपत्यकामा आफ्नो सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

भेटायोको शुरुवात खासगरी समयमै कुनैपनि सेवा पाउन धेरै गाह्रो हुने भएको देखेर कम्पनीले उत्कृष्ट सेवा प्रदायकहरूलाई एकीकृत गर्ने र उनीहरूलाई ग्राहकहरूसँग सजिलै जोड्नका लागि सहयोग गर्ने अनलाइन प्लेटफर्मको विकास गरेको हो ।

ग्राहकको अमूल्य समयलाई ध्यानमा राखेर घरदैलोमा व्यवसायिक सेवा सजिलै उपलब्ध गराउनका लागि यो अनलाइन प्लेटफर्म निर्माण गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । प्रयोगकर्ताहरूले भरपर्दो र व्यवसायिक सेवा प्रदायकहरूसँग सजिलै जोडिन सक्छन् । उक्त एपले सम्पूर्ण प्रयोगकर्ताहरूको जीवनलाई सहज बनाउन ग्राहकको ढोकामा नै आवश्यकता अनुसार सेवाहरू उपलब्ध गराई जीवनलाई सजिलो बनाउने लक्ष्य राखीे “भेटायो सेवा“ को स्थापना गरेको हो । “भेटायो” शब्दले आफ्नो समस्याको समाधान खोज्नुलाई जनाउदँछ ।

यसबाट आफ्नो आवश्यकता पूरा गर्न एक अनुभवप्राप्त प्राविधिकबाट छिटो र सजिलो सेवा लिन सकिन्छ । एपमा क्लिक गर्ने वित्तिकै तपाईंले सत प्रतिशत ग्राहक सन्तुष्टिको साथ आफ्नो घर वा व्यवसायमै अनुभवी र प्रशिक्षित सेवा पाउन सकिन्छ ।

भेटायो एप किन प्रयोग गर्ने

१. उचित र पारदर्शी मूल्य प्राप्त गर्न
२. अनुभवी सेवा प्रदायकहरू छनोट गर्न
३. सेवामा ३० दिनको ग्यारेन्टी पाउन
४. विविध प्रकारका सेवाहरु सजिलै पाउन

कसरी अर्डर गर्ने वा सेवा बुक गर्ने

१. दर्ता
एप डाउनलोड गर्नुपर्छ र आवश्यक विवरणहरूको साथ दर्ता फारम भर्न सकिन्छ । जसमा नाम, ठेगाना, इमेल आईडी र सम्पर्क विवरणहरू आदि भर्ने वा आफ्नो फेसबुक खाताबाट पनि लग इन गर्न सकिन्छ ।

२. सेवा लिन
एकचोटि तपाईंले दर्ता गरिसकेपछि, तपाईंले खोजिरहनु भएको कुनै पनि आवश्यक सेवा खोज्नुहोस् र आफ्नो सेवा प्रदायकको मूल्याङ्कन र विगतका ग्राहक विवरणहरू हेरेर छनौट गर्नुपर्ने हुन्छ ।

३. निश्चितता
तपाईंको सुविधा अनुसार समय तालिका मिलाएर बुक गर्नुपर्ने हुन्छ । सेवा प्रदायक सो अनुसार तपाईंको स्थानमा आइपुग्ने छन् ।

छोटो समयमै, भेटायोले आफ्नो सञ्चालनको पहिलो महिनामा १ हजारभन्दा बढी प्रयोगकर्ताहरू र १०० भन्दा बढी सेवा प्रदायकहरू प्राप्त गर्न सफल भएको छ । तिनीहरूको सेवा क्षेत्र हाल काठमाडौं उपत्यकामा सीमित छ र निकट भविष्यमा अन्य शहरहरूमा विस्तार गर्ने योजना रहेको छ ।

भेटायोले घरेलु समस्याहरुलाई समाधान गर्नका लागि विभिन्न सेवाहरुद्वारा बजारमा परिवर्तन ल्याउने सोच बनाएको छ । परम्परागत र अव्यवसायिक दृष्टिकोणका कारण ग्राहकहरूको लागि सजिलो सेवा प्रायः चिन्ताको विषय बनेको छ ।

कार्यविधिलाई पालना नगरेको, सेवामा ढिलाई, समय तालिका व्यस्तता वा मूल्य एकरुपता नभएको आदि समस्याले गर्दा विभिन्न समस्या आइरहेका छन् । साथै प्रयोग हुने सामग्रीहरू, तिनीहरूको गुणस्तर र लागत सहितका कुरा ग्राहकहरूलाई सामान्यतया जानकारी गराउदैनन् र मूल्यमा एकरुपतामा नहुने हुन्छ ।

भेटायोले यी चुनौतिहरू बारे सचेत गराउनका लागि र ग्राहकहरूलाई उनीहरूको सेवामा ग्यारेन्टी सहित पारदर्शी रुपमा समयमै सेवाहरू उपलब्ध गराउनका लागि प्रतिबद्ध रहेको छ।

भेटायोका सेवाहरू बारे थप जान्नको लागि, कृपया हाम्रो वेबसाइटमा गएर हाम्रो टोल–फ्री नं. मा हाम्रा प्रतिनिधिहरूसंग सोझै सम्पर्क गर्न सकिन्छ । साथै फेसबुक, इन्स्टाग्राम र युट्युब जस्ता सामाजिक सञ्जालहरु मार्फत पनि हामीलाई सम्पर्क गर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्