एनटी फाइबर प्रयोग गर्दा दैनिक रुपमा मोबाइलमा डाटा प्रयोग गर्न सकिने « Arthapath.com
५ चैत्र २०८०, सोमबार

एनटी फाइबर प्रयोग गर्दा दैनिक रुपमा मोबाइलमा डाटा प्रयोग गर्न सकिने



काठमाडौं । नेपाल टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइलमा दैनिक रुपमा मोबाइल डाटा प्रयोग गर्न सकिने छ ।

टेलिकमले उपलब्ध गराइरहेको एफटीटीएच (फाइबर टु द होम) प्रविधिमा आधारित एनटी फाइबरका विभिन्न प्याकेज लिदा त्यसै अनुसारको मोबाइल डाटा उपलब्ध छन्।

विभिन्न प्याकेज मध्ये वार्षिक एफटीटीएच कम्बो प्याकेज र एफटीटीएच डाटा प्याकेज प्रयोग गर्ने प्रयोगकर्ताहरुले उक्त सुविधा उपयोग गर्ने सकिनेछ । वार्षिक एफटीटीएच कम्बो प्याकेज अन्तर्गत ५० एमबीपीएस र १०० एमबीपीएस डाटाका साथै १ एनटीटीभी र १ टेलिफोन प्रयोग गर्ने सेवाग्राहीले दैनिक रुपमा आफ्नो मोबाइलमा क्रमश: ६०० एमबी र ८०० एमबी डाटा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।

एफटीटीएच डाटा प्याकेज प्रयोग गर्ने सेवाग्राहीलाई पनि त्यसै अनुसार मोबाइलमा समेत डाटा प्रयोग गर्न सकिने सुविधा उपलब्ध छ । यस अनुसार ५० एमबीपीएस, ७५ एमबीपीएस र १०० एमबीपीएस डाटा प्रयोगकर्ताले दैनिक रुपमा क्रमश: ६०० एमबी, ७०० एमबी र ८०० एमबी डाटा प्रयोग गर्न सक्नु हुन्छ भने १५० एमबीपीएस र २०० एमबीपीएस डाटा प्रयोगकर्ताले दैनिक रुपमा क्रमश: ९०० एमबी र १००० एमबी डाटा प्रयोग गर्न सकिने छ ।

आफूलाई आवश्यकता अनुसार उपयुक्त स्पिडको इन्टरनेट चलाउन, टेलिफोन गर्न, टेलिभिजन हेर्न र मोबाइलमा डाटा समेत चलाउन सकिने भएकाले एनटी फाइबर सेवा हाल लोकप्रिय बन्दै गएको छ ।

एनटी फाइबर सेवा प्राप्त गर्न चाहने सेवाग्राहीहरुले १९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि १ डायल गरी आफूलाई आवश्यक पर्ने सेवा र स्थानका बारेमा पहिले नै माग दर्ता गर्न सकिने छ । त्यसपछि कम्पनीका प्रतिनिधिले आवश्यक जानकारी दिने व्यवस्था गरिएको छ ।

टेलिकमले उपलब्ध गराइरहेको विभिन्न दरको एनटी फाइबर सेवा वारेमा https://www.ntc.net.np/tariff/ftth-tariff मार्फत जानकारी लिन सकिने छ । त्यसैगरी ‘नेपाल टेलिकम’ एप प्रयोग गरेर पनि एनटी फाइबर र कम्पनीका अन्य विभिन्न सेवाका वारेमा जानकारी लिन सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्