धान र तरकारीको बीउ वितरण हुने « Arthapath.com
१९ बैशाख २०७७, शुक्रबार

धान र तरकारीको बीउ वितरण हुने



ललितपुर। गोदावरी नगरपालिकाले नगरक्षेत्रका किसानलाई ५० प्रतिशत अनुदानमा धान र तरकारीको बीउ बिक्री वितरण गर्ने भएको छ । कोभिड–१९को जोखिम हुन नदिन जारी बन्दाबन्दीले बीउ खरिद गर्ने वातावरण नरहँदा नरपालिकाले सो सहयोगको योजना अघि बढाएको हो ।

नगरवासीलाई सहयोगस्वरुप केही राहत पुगोस् भनी बीउबिजनको व्यवस्था गरिदिन लागेको वडा नं ३ का वडाध्यक्ष बालमुकुन्द घिमिरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले बीउबिजन आवश्यक पर्ने नगरवासीलाई नागरिकता र जग्गाधनी प्रमाणपत्र फोटोकपीको साथमा निवेदन लिएर आउन आह्वान गरेका छाँै ।”

बीउ जोहो गर्ने समय भइसकेको छ । यहाँका जनताले बीउ खरिदको चिन्ता लिएसँगै समस्या समाधान गर्न बीउ खरिद गरी बाँड्ने नगरपालिका कृषि शाखा प्रमुख बेदनाथ पन्थीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले बीउबिजन सङ्घ र कृषि सामग्री लिमिटेडबाट ताइचिन, खुमल ४ र खुमल १० नामक बीउ ल्याई वितरण गर्ने मनसाय बनाएका छौँ ।”रासस


प्रतिक्रिया दिनुहोस्