चीनले गर्यो ठूलो मात्रामा स्वास्थ्य सामग्री सहयोग « Arthapath.com
२८ श्रावण २०७७, बुधबार

चीनले गर्यो ठूलो मात्रामा स्वास्थ्य सामग्री सहयोग



काठमाडौं । नेपाललाई चिले स्वास्थ सामाग्री सहयोग गरेको छ । चीनको तिब्बत, नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई ठूलो मात्राको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकलाई लागि २ हजार ८ सय पिपिइ थान, ५ हजार मेडिकल ह्याट तथा सुज कभर र २ हजार थान पञ्जा नेलम काउन्टीले सहयोग गरेको हो ।

त्यस्तै चिन सरकारले जिल्लामा प्रयोगका लागि भिटिएम २ हजार थान र पिसिआर रिएजेन्ट २ हजार थानसमेत सहयोगस्वरुप उपलब्ध गराएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।


प्रतिक्रिया दिनुहोस्