छिमेकि मुलुक भारतमा ६९ लाख नाघे कोरोना संक्रमित « Arthapath.com
२३ आश्विन २०७७, शुक्रबार

छिमेकि मुलुक भारतमा ६९ लाख नाघे कोरोना संक्रमित



काठमाडौं । नोभल कोरोना भाइरस कोभिड १९ बाट संक्रमित हुनेको संख्या भारतमा ६९ लाख नाघेको छ ।
अहिलेसमम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६९ लाख ६ हजार १५२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ७० हजार ४९६ नयाँ संक्रमित थपिएका भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै हालसम्म १ लाख ६ हजार ४९० जनाले कोरोना भाइरसबाट ज्यान गुमाएका छन । त्यस्तै पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाबाट ९ सय ६४ जनाको मृत्यु भएको छ । भारत अमेरिकापछि सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको मुलुक हो । अहिलेसम्म अमेरिकामा कोरोनाका ७६ लाखभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् ।

कोरोना भाइरस निको भएर घर फकनेको संख्या पनी अहिलेसम्म ५९ लाख ६ हजारभन्दा बढी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्