बङ्गलादेशबाट ५० हजार मेट्रिक टन मल पुस अन्तिम साता आइपुग्ने « Arthapath.com
१२ पुष २०७७, आईतवार

बङ्गलादेशबाट ५० हजार मेट्रिक टन मल पुस अन्तिम साता आइपुग्ने



काठमाडौं । बङ्गलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल पुस अन्तिम साता नेपाल आइपुग्ने भएको छ ।

पुस २ गते सरकार–सरकारबीच जीटुजी मार्फत रासायनिक मल खरीदको सम्झौता भएको थियो ।
मल खरीदको जिम्मा पाएको कृषि सामग्री कम्पनीले शुक्रवार सिदार्थ बैंङ्कमा एलसी खोल्न पत्र पठाएको बताएको छ ।

जीटूजीमार्फत मल ल्याउन गत कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई स्वीकृति दिएको थियो । मन्त्रालयको निर्देशनअुनसार कृषि सामग्री कम्पनीले मल खरीदको तयारी गरेको थियो । तयारी स्वरुप यही पुस २ गते जीटुजी प्रक्रियामार्फत मल खरीदका लागि कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी र बङ्गलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेसनका अध्यक्ष महम्मद एमिन उल अहसनबीच सम्झौता भएको थियो ।


प्रतिक्रिया दिनुहोस्