बेलायत सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री प्रदान « Arthapath.com
१४ जेष्ठ २०७८, शुक्रबार

बेलायत सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री प्रदान



काठमाडौं । नेपालमा कोरोना संक्रमण बढीरहेका बेला बेलायत सरकारले स्वास्थय सामाग्री पठाएको छ । कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारको अनुरोधमा बृलायत सरकारले २६० वटा भेन्टिलेटर र भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्री तथा फेस शिल्ड सहयोगस्वरुप उपलब्ध गराएको लण्डनस्थित नेपाली दूतावसले जनाएको छ ।

बिहीबार अपराह्न सामानसहित बेलायतबाट विमान पठाइ सकेको दूतावासले जनाएको छ । गैरआवासीय नेपाली सङ्घ यूके तथा नेपाली राजदूतावासको समन्वयमा १० वटा अक्सिजन कन्सन्ट्रेटर पनि सोही विमानबाट नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राप्त गर्ने गरी पठाईएको दूतावासले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्