सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस नतिजा « Arthapath.com
१६ भाद्र २०७९, बिहीबार

सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस नतिजा



काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको आईपीओ भदौ १५ गते बुधवार बाँडफाँड भएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि ८ करोड ५० लाख बराबरको प्रतिसेयर १०० अंकित मूल्यका ८ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको थियो । कम्पनीले गत साउन ६ गतेदेखि भदौ ५ गतेसम्म निष्कासन गरेको थियो।

कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानीय बासिन्दाहरूका लागि आईपीओ निष्काशन गरेको थियो ।

कम्पनीको आइपीओको नतिजा बिओके क्यापिटल मार्के लिमिटेडको वेबसाइट www.bokcapital.com.np र कम्पनीको वेबसाइट www.sikleshdro.com.np मार्फत हेर्नु सकिनेछ ।

Tags :

प्रतिक्रिया दिनुहोस्