८ श्रावण २०८३, शुक्रबार

सुनको मुल्य तोलामा ९ सयले घट्यो



काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ। सुन आज प्रतितोला ९ सयले घटेको छ भने चाँदी पनि प्रतितोला १० रुपैयाँले घटेको छ।

योसँगै छापावाल सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुनको प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदी पनि १० रुपैयाँले घटेर प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्