काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले लाभांश पठाउन सुरु गरेको छ । कम्पनीले गत आर्थिक वर्षका मुनाफाबाट प्रदान गरेको नगद लाभांश वितरण सुरु गरेको हो । कम्पनीले गत पुष २७ गते सम्पन्न २२औं वार्षिक साधारण सभाबाट पारित कर समेत १० प्रतिशत नगद लाभांश माघ ११ गतेदेखि वितरण गर्न सुरु गरेको हो