काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ। सुन आज प्रतितोला ९ सयले घटेको छ भने चाँदी पनि प्रतितोला १० रुपैयाँले घटेको छ। योसँगै छापावाल सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुनको प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।