प्रतिकित्ता १९५ रुपैयाँमा सनराइज बैंकको शेयर बिक्रीमा « Arthapath.com
१३ बैशाख २०७९, मंगलवार

प्रतिकित्ता १९५ रुपैयाँमा सनराइज बैंकको शेयर बिक्रीमा



काठमाडौं । सनराइज बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १२६ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १९५ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरि आवेदन दिन सकिनेछ ।

बैंकका संस्थापक शेयरधनी चिराग गोयलले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संचालक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (बैशाख १३ गते) ले ३५ दिन भित्र बैंकको प्रधान कार्यालय गैह्रिधारा स्थि शेयर रजिष्ट्रार विभागमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएका अवधि भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्