माछापुच्छ्रे बैंकले प्रवाह गर्ने ३ करोडसम्म कृषि कर्जाको सुरक्षण हुने « Arthapath.com
२२ भाद्र २०७९, बुधबार

माछापुच्छ्रे बैंकले प्रवाह गर्ने ३ करोडसम्म कृषि कर्जाको सुरक्षण हुने



काठमाडौं । माछापुच्छ्रे बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कृषि कर्जा सुरक्षण गर्ने सम्वन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात बैंकले कृषि व्यवसायको लागि प्रवाह गरेको ३ करोड रुपैयाँसम्मको कर्जा कोषले सुरक्षा गर्नेछ ।३ करोडसम्मको त्यस्तो कर्जामध्ये एक करोड भन्दा माथिको कर्जाको हकमा भने बैंकले कोषको पूर्व स्वीकृति लिनु पर्ने हुन्छ ।

यस प्रकार सुरक्षण हुने कर्जाको सुरक्षण शुल्क ०.६ प्रतिशतमध्ये ५० प्रतिशत नेपाल सरकारले अनुदान वापत व्यहोर्ने र बाँकी ५० प्रतिशत मात्र दुई किस्तामा कोषमा रकम बुझाउने बैंकले जनाएको छ ।

कोषमा सुरक्षित कृषि कर्जा ऋणीको मृत्यु वा प्राकृतिक प्रकोपबाट कृषि परियोजना नष्ट भएमा वा अन्य विभिन्न कारणबाट कर्जा असुली हुन नसकेमा बैंकले दाबी गर्न सक्ने र उक्त दाबीमा कोषले ८० प्रतिशतसम्म भुक्तानी गर्ने कोषले जनाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्