कसरी बन्यो भारतीय बजारमा उदाएको एस बैंक नो मनी ? « Arthapath.com
२५ फाल्गुन २०७६, आईतवार

कसरी बन्यो भारतीय बजारमा उदाएको एस बैंक नो मनी ?



भारतिय बैंकिङ बजारमा अहिले तरंग ल्याएको छ । भारतको प्रतिष्ठित एस बैंक अहिले नो मनीको अवसथामा कसरी पुग्यो त सामाजीक संजालमा अहिले ठुलो बहसको विषय भैरहेको छ । सन २००४ मा खुलेको एस बैंक स्थापनाको १६ वर्ष नपुग्दै नो मनीको बैंकमा परिणत भयो ।

१५ वर्ष अघि जनतालाई वित्तिय पहुँच दिन खुलेको एस बैंक अहिले आफै थलिएको छ । बैंकले सर्वसाधारणको डिपोजिट फिर्ता गर्न नसक्ने अवस्थामा पुगेपनि कुनै बेलाको ब्राण्डेड कम्पनी छोटो समयमै धारासाही हुन पुग्यो ।

भारतमा ११ सयभन्दा बढी साखा संजाल र २१ ह्जारभन्दा बढी कर्मचारी रहेको एस बैंक अहिले नो मनीको अवस्थामा पुगेपछि भारतका बैंक वित्त विश्लेषकहरु अचम्ममा परेका छन । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डीयाले विहिबार एक सर्कुलर जारी गर्दै सो बैंकको व्यवस्थापन हातमा लिएको जनाएको छ । रिजर्भ बैंकले एस बैंकको संचालक समिति र व्यवस्थापन समिति भंग गरी आफैले व्यवस्थापन जिम्मा लिएको जनाएको छ भने सर्वसाधारणको डिपोजिट फिर्तामा समेत सिमा ५० हजार मात्रै तोकेको छ ।

भारतिय बजारमा राम्रो मानिएको बैंक अव खराव अवस्थामा पुगिसकेको छ । सन् २००४ मा राणा कपुर र उनका नातेदार अशोक कपुरले स्थापना गरेका थिए । उनिहरुविच भएको व्यक्तिगत टकरावले बेंक धारासायी बनेको हो ।


प्रतिक्रिया दिनुहोस्