बिओके क्यापिटलको पाँचौं साधारणसभा मंसिर ५ मा हुने, ५.४ प्रतिसत नगद लाभांस दिने « Arthapath.com
१४ कार्तिक २०७७, शुक्रबार

बिओके क्यापिटलको पाँचौं साधारणसभा मंसिर ५ मा हुने, ५.४ प्रतिसत नगद लाभांस दिने



काठमाडौं । बैंक अफ काठमाण्डूको सहायक कम्पनी बिओके क्यापिटलको पाँचौ वार्षिक साधारण सभा मंसिर ५ गते हुने भएको छ । बिओके क्यापिटलले आफ्नो कार्यालय कमलादी, काठमाडौंमा दिउसो १ बजे गर्ने साधारणसभा गर्न लागेको हो ।

कम्पनीको कात्तिक ७ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले ४ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ ।

साथै प्रबन्धपत्र तथा नियामवली सशोधन सम्बन्धी विशेष प्रस्ताव पारीत गर्नुका साथै सामुहिक लगानी कोषको व्यवस्थापक तथा सामुहिक लगानी कोषको डिपोजिटरीको कार्य गर्ने सम्बन्धी प्रस्ताव पनि सभाका लागि तय भएको छ ।


प्रतिक्रिया दिनुहोस्