सरकारी स्वामित्वमा रहेका ३ बैंकमध्ये कुन सूचकमा कुन बलियो ? « Arthapath.com
११ बैशाख २०७९, आईतवार

सरकारी स्वामित्वमा रहेका ३ बैंकमध्ये कुन सूचकमा कुन बलियो ?



काठमाडौं । २७ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । सरकारी बैंक भनेर चिनीने राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकले पनि चालु आर्थिक बर्ष २०७८–७९ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।

यहाँ यी ३ सरकारी बैंक कुन सूचकमा को बढी बलियो भनेर तुलना गरिएको छ ।

खुद मुनाफा

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद नाफा १९.९८ प्रतिशत घटेर खुद नाफा २ अर्ब ६१ करोड ६७ लाख १९ हजार रुपैयाँ आर्जन गरेको छ ।

नेपाल बैंक लिमिटेडको चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद नाफा ३.०७ प्रतिशत घटेर २ अर्ब १९ करोड २९ लाख ३१ हजार रुपैयाँ आर्जन गरेको छ ।

कृषि विकास बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८.०९ प्रतिशत घटेर १ अर्ब ९० करोड ५३ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको छ ।

खुद ब्याज आम्दानी

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खुद ब्याज आम्दानी ०.३५ प्रतिशत घटेर ६ अर्ब ३२ करोड ३१ लाख ९२ हजार रुपैयाँ आर्जन गरेको छ ।

नेपाल बैंक लिमिटेडको खुद ब्याज आम्दानी ०.३६ प्रतिशत बढेर ४ अर्ब ७३ करोड १० लाख ५३ हजार रुपैयाँ आर्जन गरेको छ ।

कृषि विकास बैंक लिमिटेडको खुद ब्याज आम्दानी २६.१० प्रतिशत बढेर ५ अर्ब ५८ करोड ४६ लाख ३९ हजार रुपैयाँ आर्जन गरेको छ ।

सञ्चालन मुनाफा र वितरणमयोग्य मुनाफा

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालन नाफा २३.७२ प्रतिशत घटेर ३ अर्ब ३७ करोड ४९ लाख ४१ हजार रुपैयाँ र वितरणयोग्य नाफा १ अर्ब ५० करोड ९० लाख ७१ हजार रुपैयाँ रहेको छ ।

नेपाल बैंक लिमिटेडको सञ्चालन मुनाफा २४.०३ प्रतिशत घटेर २ अर्ब ६१ करोड २७ लाख ८१ हजार रुपैयाँ र वितरणयोग्य नाफा ६८ करोड ५३ लाख ४३ हजार रुपैयाँ रहेको छ ।

कृषि विकास बैंक लिमिटेडको सञ्चालन नाफा ४.६९ प्रतिशत घटेर २ अर्ब ७९ करोड ६७ लाख रुपैयाँ र वितरणयोग्य मुनाफा ९६ करोड ६४ लाख ३३ हजार रुपैयाँ रहेको छ ।

चूक्ता पुँजी, जगेडा कोष, निक्षेप संकलन र कर्जा

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको चुक्ता पूँजी ३६.८७ प्रतिशत बढेर १३ अर्ब ९४ करोड ३ लाख ५९ हजार रुपैयाँ, जगेडा कोष ९.२० प्रतिशत बढेर १६ अर्ब ४२ करोड ३ लाख ७३ हजार रुपैयाँ, निक्षेप संकलन ७.१० प्रतिशत घटेर २ खर्ब ४५ अर्ब १९ करोड ५९ लाख ५७ हजार रुपैयाँ र कर्जा १७.०४ प्रतिशत बढेर २ खर्ब ८ अर्ब १९ करोड ४८ लाख रुपैयाँ पुगेको छ ।

नेपाल बैंक लिमिटेडको चुक्ता पूँजी १४ प्रतिशत बढेर १४ अर्ब ४० करोड ५९ लाख ४ हजार रुपैयाँ, जगेडा कोष ६.९३ प्रतिशत बढेर १७ अर्ब ५५ करोड २० लाख ९१ हजार रुपैयाँ, निक्षेप १५.०९ प्रतिशत बढेर १ खर्ब ८७ अर्ब ३७ करोड ३८ लाख १० हजार रुपैयाँ र कर्जा २४.६५ प्रतिशत बढेर १ खर्ब ६८ अर्ब ८० करोड २१ लाख ९१ हजार रुपैयाँ पुगेको छ ।

कृषि विकास बैंक लिमिटेडको चुक्ता पूँजी १३.३८ प्रतिशत बढेर १८ अर्ब ६२ करोड ६ लाख २७ हजार रुपैयाँ, जगेडा कोष १०.६४ प्रतिशत घटेर १० अर्ब २१ करोड २३ लाख ९२ हजार रुपैयाँ, निक्षेप संकलन १.५० प्रतिशत घटेर १ खर्ब ६० अर्ब ३६ करोड ७५ लाख ९२ हजार रुपैयाँ र कर्जा १८.१७ प्रतिशत बढेर १ खर्ब ७७ अर्ब ९५ करोड ९८ लाख १९ हजार रुपैयाँ पुगेको छ ।

प्रतिशेयर आम्दानी, प्रतिशेयर नेटवर्थ

नेपाल बैंक लिमिटेडको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ५७ पैसा घटेर २० रुपैयाँ ३० पैसा, प्रतिशेयर नेटवर्थ २४० रुपैयाँ ६० पैसा रहेको छ ।

कृषि विकास बैंक लिमिटेडको प्रतिशेयर आम्दानी १ रुपैयाँ ७० पैसा घटेर १६ रुपैयाँ ७९ पैसा, प्रतिशेयर नेटवर्थ २०४ रुपैयाँ ३० पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्